Ticker

6/recent/ticker-posts

Header Ads Widget

नेपाली चलचित्रकाे गीत (कस्तो प्रेम गरिएछ, कलेजिनै चोईदियो) : Download Music Track of Nepali Movie Song - Kasto Prem Gariyechha

यो कस्तो प्रेम चलचित्रबाट गीत यम बरालको स्वरमा रहेको शिर्ष गीत
१...........
कस्तो प्रेम गरिएछ
कस्तो प्रेम गरिएछ, कलेजिनै चोईदियो
आफ्नो भन्ने जे जे थियो, (विरानोपो भैदियो)२
खुसि कतै टाढा छुट्यो
हो खुसि कतै टाढा छुट्यो आँसु साथ रह्यो
बाँकी भन्नु जीन्दगीमा (याद मात्रै रह्यो)२
कस्तो प्रेम गरिएछ ..
२..........
मुटु भन्दा प्यारो भन्थे)२ मायाँ गर्थे कसैलाई
पुजा भन्दा चोखो प्रित, दिएकोथेँ उसैलाई
मुटु आज कतै छुट्यो
हो मुटु आज कतै छुट्यो, रिक्तो छाती रह्यो
बाँकी भन्नु जीन्दगीमा (याद मात्र रह्यो)२
कस्तो प्रेम गरिएछ ...
३........
(दुख्न पनि छाड्यो अब)२ निलकाँडै बिझेपनी
पोल्दैनकी क्याहो अब, आगै माथी टेकेपनि
देखिँदैन बाटो कतै,
हो देखिँदैन बाटो कतै, यात्रा लामो रह्यो
बाँकी भन्नु जीन्दगीमा (याद मात्र रहयो)२
कस्तो प्रेम गरिएछ कलेजिनै चोईदियो
आफ्नो भन्ने जे जे थियो (विरानोपो भैदियो)२
खुसि कतै टाढा छुट्यो
हो खुसि कतै टाढा छुट्यो, आँसु साथ रह्यो
बाँकी भन्नु जीन्दगीमा (यादमात्र रहयो)२
कस्तो... प्रेम... गरिएछ ...
धन्यावाद
==============
Download Music Track Audio : Click Here to Download

Post a Comment

0 Comments