गीतको बोलः गीत मेरा हराए आफू पनि विलाएँ गायकः राम कृष्ण ढकाल
(गीत मेरा हराए, आफू पनि बिलाएँ)२ (मुटु थियो गीतैमा, त्यहि पनि सेलाएँ)२ .... सुःख हाँस्थ्यो गीतमा, दुःख रुन्थ्यो गीतमा (सुःख हाँस्थ्यो गीतमा, दुःख रुन्थ्यो गीतमा)२ (रात पनि खस्दथ्यो, गीत सँगै शीतमा)२ (सपना मिठा बगाएँ, आशा सबै जलाएँ)२ (मुटु थियो गीतैमा, त्यही पनि सेलाएँ)२ ... गीत मेरो जून थियो, गीतै मेरो घाम थियो गीत मेरो जून थियो, गीतै मेरो घाम थियो गीतै मेरो जून थियो, गीतै मेरो घाम थियो (मायाँ गाँस्ने सुनौलो, जीन्दगीको याम थियो)२ (आफैं भित्र पिरको, भेल गैरो खेलाएँ)२ (मुटु थियो गीतैमा, त्यही पनि सेलाएँ)२
0 Comments