डा. विश्वनाथ प्रेमको शब्द र सँगीतमा
पहिचान एल्बमबाट
शिशिर योगीको स्वरमा सजिएको गीत
१......................
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहिँ बताई हे राष्ट्रका बटुहि
रक्षार्थ जन्मिएका छन् कि सपुत कोही
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
२..................
कोरस –
आमा यदि नबाचे कस्को पियार पिउने
कुन काखमा रमाउने कस्का निमित्त जिउने
....
मुर्छित मातृभूमि को प्राणको हरणमा
यो बिषको घडाजो पिउने छ वीर रणमा
त्यस्ता परम प्रतापी त्यस्ता अजेय नायक
अवतार भएर मानौ भु–भार हर्न लायक
म त्यही महान मानव कोमार्ग खोपीरहेछु
...
म त्यही महान मानव कोमार्ग खोपीरहेछु
यो देश मा म एउटा मानिस खोजिरहेछु
३................
कोरस–
यो मूल घर ढलेमा ठाउँ कहाँ छ जाने
होला कुनै त बाटो जोडेर साथ लाने
..........................
पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नैसरी अरुको जो बुझ्छ भित्रि मर्म
संचेतना जगाई यो देश माथि लाने
आशा र उन्नति को दृष्टि दिएर जाने
म त्यही नयाँ भविष्य को बिज रोपी रहेछु
...................
म त्यही नयाँ भविष्य को बिज रोपी रहेछु
यो देशमा म एउटा मानिस खोजि रहेछु
यो देशमा म एउटा मानिस खोजि रहेछु
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments